Tuesday 26 January 2016

उनलाइ भेटेपछि

कसैलाइ चाहेर नचाहेर मनमा सजाइन्छ अनि त्यो पल सङै मन भित्र प्रबेश गर्छन विभिन्न आशा र निराशाका आधारहरु । मनमा सजाउन न चाहेरै कसैलाइ सकिन्छ न त चाहेरै राखेपछी मेटाउन सकिन्छ । जब सुरु गर्छ धड्किन मुटु पनि कसैको नाममा अनि सुरु हुन्छ अनौठो आभास मन भित्रैदेखी ।उसैलाइ भेटिरहु अनि मौन सम्बाद गरिरहु अनि आखाको गहिराइमा हराइरहन मन लाग्छ । अनि बिस्तारै कम महत्वाकांक्षी बन्छ मान्छे परिवार प्रती ।

जब तिमी हेर्छौ चन्द्रमा अनि ताराहरु मेरो अनउपस्थितिमा   अनि सायद तारा र चन्द्रमाले पनि तिमिलाइ हेरेर मोहित हुँदै मुस्कान छोड्छन जस्तै पुर्णिामा अनि म पनि बाध्य हुन्छु हेर्न चन्द्रमा तर देख्दिन म निर्लाम इस्ट्रोइका पाइलाहरु तर देख्छु त केवल तिम्रा अधरहरु । जब हेर्छु फुल्न खोजेका फुलहरु अनि त तिमिले दिएको मुस्कान नै हो जस्तो लाग्छ पत्र पत्रमा लुकेर बसेको तिम्रो सुन्दरता । जब जब बादल मडारिदै गज्रीदै आउँछ हामी छेउ नै अनि लाग्छ हामिलाइ देखेर डाहा गरिरहेछ यो आकाश पनि त्यसैले त बर्सिन्छ कहिले काहीँ आफै आँसु बनेर यो आकास पनि ।

हाम्रो अस्तित्व दोबाटोमा रोकिएको छ , स्वाभिमान र नैतिकता दोसाँधमा अडिएको छ , समाजका मूल्य र मान्यता डाडा वारि पारी छन , तैपनी म धिच्याइ रहेछु सकि नसरी यो जिन्दगीको बोझ बोकेको गाडी हाम्रो सम्बधरुपी इन्जिनको साहायताले अनि आत्मियतारुपी इन्धनले र बिस्वासको लाइसेन्स लिएर  जिन्दगिको राजमार्गमा तिमी सङै यात्रा गरिरहेको छु

No comments:

Post a Comment