Wednesday 27 January 2016

वाइयात हुन (एक गजल)

छुवाछुत भेदभाव कुसंस्कृतिका कुरा वाइयात हुन
सेतै बस्त्र सेतै ती विधुवाका चुरा वाइयात हुन  

शब्दकै धारले मुटुमा कट्कट काट्न छोडी 
मिल्काइदेउ ती हात हातका छुरा वाइयात हुन ।

रोड बिजुली पानी हरेकको आगनमै पुर्याउने
नेता ज्युका आश्वासन ती पूरा वाइयात हुन ।

मनमा एउटालाइ सजाइ सिउदो अर्कैको रङगाउने
चलिरहेका कहानी मायाका अधुरा वाइयात हुन ।

No comments:

Post a Comment