Wednesday 13 July 2016

डा केसीका अपराध श्रृखाला


हो डाक्टर केसी सरले ठूलो गल्ती गर्नुभयो यसलाइ अपराध नै मानेर तिम्रो त्यो कपटी मनको कारागारमा राख्दा पनि हुन्छ , तिम्रा ती तुच्छ शब्दले पुकार्दा पनि हुन्छ किनकी डा केसीले ठुलै अपराध गरेका हुन सत्य र सेवाको बाटोमा हिडेर । हैन तिम्रा १ भोटका हतियार होलान कर्णाली र बाजुराका जनताहरु तिनीहरुकै निशुल्क उपचार गर्दै हिडे यो उनको अर्को ठूलो अपराध ठहर्छ होला तिम्रो मनको अन्तस्करणले पनि । अनि ३ करोड नेपाली जनाताले निशुल्क सुलब स्वास्थ्य सेवा पाउनु पर्छ भने यो उनको अर्को अपराधको सृखला भित्रै पर्दछ । यसै सङै ६०/७० लाख पैसासङ साटिरहेको डाक्टरको सर्टिफिकेट रोकौ यस्ले हाम्रै स्वास्थ्य शिक्षा बिगार्छ अनि गरिब जस्ले पैसाको बिटो त बुझाउन नसक्ला तर भोलि देशको स्वास्थ्य अवस्था आफ्नो शिरमा ठडाउन सक्छ त्यस्ता ब्यक्तिलाई डाक्टर बाउन भने यो जत्तिको महा अपराध त के हुन सक्त्यो र । त्यसै माथी अब त झन निशुल्क PG ओहो यो अपराध ले त आग्छ उनलाइ सर्वासाधारण जनताको मनमा फासी झुन्डाइ दिउ ।
काठमाण्डौ मा गल्ली गल्लीमा किन कर्णालीमा पनि मेडिकल कलेज खोलौ भने अब त यो भन्दा एक मानिसले गर्न सक्ने अर्को ठूलो अपराध के नै छ र । भ्रष्ट  हरुलाइ बर्खास्त गर्नु पर्छ भने यो पनि उनको अपराध सृङखलाको अर्को अध्याय नै हो यस्ले त झन उनलाइ पाटन अस्पताल सम्मै पुर्याउनु पर्ने अवस्था आयो । धन्न बाटोमा भेटिएका छन थोरै भए पनि यस्तै पागलहरुको जमात र भन्दै छन हामी डा केसीको साथमा छौ । ब्यापारीकरण र भ्रष्टाचार भइरहेको स्वास्थ्य क्षेत्रले आफ्नो साख बचाउनै पर्छ अब हामी सबै पागल हुने समय आएको छ ।http://nepalitimes.com/article/from-nepali-press/dr,3130

No comments:

Post a Comment