Monday, 25 July 2016

अब म आउदै छु




अब म आउदै छु


भाइलाई यतै स्वर्गमा भेटेपछि
यत्ति नलेखि रहन सकेनन् बाबा
बाबा तपाई पनि मलाई खोज्दै भौतारिदै हिड्नुहुन्छ रे
हिजो आज,
म हराएको छैन बाबा
म आउँदै छु
तपाईलाई एक पाकेट चुरोट
छोरीलाई गुडिया र आमालाई सारी
ल्याउन नसके पनि
तिमीले भनेको फलामको सानो बाकसमा पैसा
बोकेर होइन देहलता
म आफै काठको रातो ठुलो बाकसमा आउँदैछु ।

मलाई हेर्न मन थियो एकपटक
छोरीको हात समातेर लेखेको कपुरी "क"
बाबा भन्दै लड्दै दगुर्दै आउदै गरेकी मेरी छोरी
देहलताको एक मुस्कान जसमा म
वर्षौ हराउन सकुँ
फाँसीको पासोमा झुण्डिनु पूर्व
एकपटक हेर्न मन थियो मेरो देश
यी स्वप्निल नजरहरुले जो जेलका कोठरिमा
बर्षौ कुरेपछि मधुरा बन्दै गएका छन् ।
म विदेश जाँदा आफ्नै गतिमा दौडिरहेको
समय अझ म भन्दा कति अगाडी छ?,बुझ्न मन छ
लगाउन मन थियो बहिनीको माला घाँटीमा
फाँसीको पासो झुण्डाउनु पूर्व नै
तर सबै सोचे जस्तो हुदो रहेन छ, बाबा !

बाबा तपाईले हातमा बाँधेको त केवल
घडी मात्र रहेछ बा,
समय बाँधेको भए आज यस्तो दिन देखिनुपर्ने थिएन, सायद
बाबा आज सम्झिदै छु सप्तरङ्गी टिका
जो मेरा निधारलाई स्पर्श गर्न अन्तिम अश्र बने बा,
त्यस दिन सप्तरङ्गी टिका सँगै
टासिएर बसेका थिए सपना र अपेक्षाका
प्रष्ट चित्रहरु निधारमाथि
जब गाडिले हुर्याउदै लग्यो मेरो जन्म भूमीसँग
बिस्तारै आफैले बोकेको सामानको झोला भन्दा
घरपरिवारको आशाको भारी गह्रुङ्गो लाग्न थाल्यो ।

बाबा चार आना जमिन किन्ने
नाममा छ आना जमिनको लालपूर्जा साहुको
छाडेर स्वाभिमान झुकाएर खाडीमा गाडिएको म
बाबा भाईले मनमा सजाएर राखेको देशको चित्र
आज पनि बचाएर राखेको छ आफु बाच्न नसके पनि
भाईले शिरमा राखेर स्वाभिमान
अस्ती मात्रै रङ्ग्याएछ झण्डा आफ्नै रगतले
र त आज उ झुण्डिएको छ तस्विरमा
दशरथचन्द्र सँगै


india block nepali boarder
LPG gas shortage during india block nepali boarder













तर बाबा तपाई
२ बोतल पेट्रोलसँग आफ्नो स्वाभिमान कदापी नसाट्नुहोला
तपाईसँग अब यहि एउटा ईच्छा छ मेरो
हमीलाई बचाउन नसके पनि बाबा
मेरो देशको अस्तित्व बचाईदिनुस्
ताकी अब फेरी
सगरमाथा भन्दा अग्लो स्वाभिमानको शिर
वेला बेलामा हाम्रा सन्तानले झुकाउन नपरोस्
हाम्रा सन्तानले रगत र पसिनाले खाडिका
मरुभूमी सिंचाई गर्न नपरोस !
मेरा बहिनीहरुले फेरी ईराक र मुंबईका
कोठीमा बेचिन नपरोस्
बाबा त्यसैले मेरो देश बचाउनुहोस्

देहलता,
आमा र तिम्रा आशुले
जलाईएको मेरो भविष्य र
चित्कारले फासीको डोरी फुकाउन
नसके पनि
देशमा दन्किरहेको हिंसाको आगो
निभाउनु छ र
सम्बन्धको जालो पुन बुन्नु छ
Kabul attack on innocent Nepali

सानो बाकसमा पैसा ल्याउन गएको म कतै रातो ठुलो बासकमा फर्किए भने 













यो आज हाम्रो स्वाभिमान र राष्ट्रियता
उम्लिएर होईन भरिएर पोखिएको हो
त्यसैले यसलाई जोगाएर राखिदिनु बा
किनभने अब रातो बाकसमा म पनि आउदै छु

No comments:

Post a Comment