Tuesday 13 September 2016

आइरहने सम्झना १

सिन्धुपाल्चोक जिल्ला अस्पतालमा पोस्टिङ भएदेखी हामीले बिद्यार्थी चिकित्सक हुदाताका देखेका Youtube का case हरु बाहेक अन्य थुप्रै case हरु Handle गर्नुपर्दा कम्ती तनाव भएन । MBBS को ५ बर्षको पढाइ कति त परिक्षा पास गर्न क्नि बाकी चाहिँ रमाइलो गर्नमै बित्यो । हामीले त्यतिखेर सुन्दै नसुनेका अनि देख्दै नदेखेका फरक फरक case हरु लिएर आउने बिरामीको भिड हेर्दै आफ्नै प्रमाणपत्रले आफैलाइ प्रश्न सोधिरहेको अनुभुति हुन्थ्यो ।
कहिलेकाही त भोलि आउनुहोस् भन्दै गएर रात भर पढेर , सिनियर दाइहरु सङ सल्लाह गरि , Youtube र Google गरेर गएर अर्को दिन उपचार गर्थ्यौ । यस्तै गर्दै दिनहरु बितिसक्दा रहेछ्न । सिन्धुपाल्चोक आएको पनि १ बर्ष पुगिसकेछ पत्तै भएन ।हुन त ५ बर्ष को MBBS नि कति खेर सकियो पत्तै पाउन सकिएन । घुम्न भने ५ बर्षको दौरान कतै बाकी रहेन न रारा न फेवा न त जोमसोम र मुस्ताङ अनि दार्जिलिङ सिक्किम नै । अनि न त छुट्यो खप्तड अनि चितवन नै । सच्चिकै ५ बर्षका स्मृति यति छन कि मनमा तर समय बितेको पत्तै भएन ।
पढ्नलाइ त होस्टेलमा Exam नै आउनु पर्ने हैन भने त मध्यरात सम्म चल्ने गफगाफ अनि Good Friday सङै समय बितेको त पत्तै हुदैन थियो । पढ्ने त परिक्षाको ठिक १५/२० दिन हेरेर पढ्ने न हो यसैगर्दा गर्दा Grand final को exam पनि सकेर डा लेखिएको प्रमाणपत्र आइपुग्यो । अब सरकारले bonding मा पठाए बमोजिम नै म लगाएत साथिहरु कोहि धादिङ कोहि सिन्धुपाल्चोक कोहि नुवाकोट पुग्यौ । अस्पतालमा त अनुभवका आधारमा ANM पढेका दिदीहरु अनि HA पढेका दाइहरु लाई बिश्वास गर्थे बिरामी हरु पनि यो वास्तविकता पनि थियो हामी सिक्दै गर्दै थियो उहाहरु सङ १० बर्ष काम गरेको अनुभव थियो । डाक्टर पेशा नै अनुभवको हो अचेल म बुझ्दैछु । सिन्धुपाल्चोक जिल्ला अस्पताल आएर मैले धेरै कुरा सिक्दै थिए विद्यार्थी हुदाको अव्यवस्थित जिन्दगी पनि बिस्तारै ब्यबस्थापन गर्न सिक्दै थिए म ।

अफिसमा चिठ्ठी आएको थियो यहि बैशाखमा तालिम रहेछ भरखरै चिकित्सक बनेका हामीसबैलाइ ।साझ कोठामा पुग्दा त नितेश , रमेशको फोन आइसकेको थियो हामी पनि आउदै छौ भनेर गरेका रहेछ्न म पनि सबै बन्दोबस्त मिलाएर चैत्र २८ गते काठमाण्डौ जाने खबर गरे अफिसमा पनि । अनि २/४ दिन काठमाण्डौ पुगेर धेरै पछिको स्नेहा सङ पनि भेट्ने योजना थियो ।

स्नेहा म कलेज मै पढ्दा चिनेको भेट पनि अलौकिक छ । हामी ward मा जादा उनिहरुले सिकाउथे कति कुराहरु । staff नुर्सिङ पढेकी  स्नेहा सङ ward मा भेट बाक्लिदै गएपछी परिचय भयो दाइ बहिनी बाट सुरु भएको सम्बन्ध अब भने प्रेमी प्रेमिकामा आएर अड्केको थियो । स्नेहा पनि Nursing सकेर Australia गएर अस्ति भर्खरै आएकी छ । समय मिलाएर लामो समयको भौतिक बिछोडको चिरालाइ मेटाउने गरि सङै बस्नु थियो । त्यसैले पनि म ३/४ दिन अघाडी नै हिडे सिन्धुपाल्चोकदेखि । अनि अरु साथिहरु आउदा सम्म स्नेहा सङै कहिले dream garden त कहिले white गुम्बा घुम्यौ कहिले नगरकोट । स्नेहाको जोड अब मैले पनि अस्ट्रेलिया जानुपर्छ भन्ने थियो तर अझै १ बर्ष काम गर्नै बाकी हुनाले म केही बोलिन । सायद उनले मेरो मौनताको उत्तर बुझिन अनि अङालो हालेर भन्न थलिन न त कलेज हुदा सङै हुन पाइयो न त अहिले नै ,१ बर्ष बिताउन मलाई कति कठिन भएको छ अमृत । मैले पनि अनि उनका मायाले निचोरिएका आँखा पग्लेर आएका आँसु पुछे अनि टोलाइरहे । अङ्कमाल गरिरहे छोड्नै मन लागेन भोलि देखि त तालिम थियो । अनि उनको ओठमा मेरा ओठले हस्ताक्षर गरिदिए ।
त्यो साझ म स्नेहाकै घर गए । घरमा पनि मम्मी र स्नेहा मात्रै बाबा अमेरिका अनि भाइ हिस्टेलमै । मम्मिसङ पनि धेरै भलाकुसारी गरियो । स्नेहाले मेरो बारेमा सबै कुरा मम्मिलाइ भनेकी रहिछ । अनि माया मिसाएर स्नेहाको हातले पकाएको खाना खाइयो साझ ।
बिहान हुन नपाउदै ओछ्यानमा Good Morning Dr. भन्दै चिया लिएर आइपुगि । अनि ८ बजेतिर स्नेहाको घरबाट बिदा भएर तालिम स्थल पुगे । बाटो सम्म आएकी स्नेहालाइ अर्को शनिबार भेट्ने बाचा गरेर छुट्टियौ ।
............. To be Continued soon

No comments:

Post a Comment