Monday 12 February 2018

गुनासो


नदिलाइ पनि कति रिस उठयो होला
कति थकान लाग्यो होला
त्यो चिसो हिमालदेखि
तराइको गर्मीमा फेरि स्वाया स्वावा गर्दै
शान्त समुन्द्रमा मिसिदा
तर आखिर मौन छ समुन्द्र पनि
ती तमाम नदिहरुको गुनासो सङ
जसरी तिमी मौन छौ
मेरा मनका अबोध चाह हरु सङ
त्यसैले त म पनि मौन छु तिम्रा गुनासाहरु सङ

तिम्रा त धेरै गुनासा छन होला म प्रती
किन मनको भावनामा बाध हाल्न सकेनौ भन्दै
किन निरर्थक प्रेमकुन्जमा बहुलायौ भन्दै
किन समयको सद्भाव बुझ्न सकेनौ भन्दै
किन आफ्नै परिवेश बुझ्न सकेनौ भनेर
तर मेरो कुनै गुनासो छैन तिमी प्रती
जसरी गुनासो पोखेकी थिइनन सिताले
आफ्नै पतिले अग्नि परिक्षा लाग्दा पनि
जसरी गुलाफले गुनासो पोख्दैनन
कहिल्यै आफ्नै मालीहरु सङ
जस्ले अरुको दिल जोड्न
आफ्नै घाँटी निमोठ्दा थिए
हो मलाइ पनि कुनै गुनासो छैन तिमी प्रती

तिमी म सङ रिसाएर बोल्दै नबोल्दा
तिम्रो त्यो मुस्कुनमा
फिक्कापनाको ग्रहण लाग्नै लाग्दा
मेरो मन त झन
खोजीमा निस्किन्छ
एकान्त गन्तव्यहिन यात्रामा
जसरी निस्किन्छन मृगहरु मृगतृष्णाको खोजीमा
जसरी पुर्णिमाको दिन इन्दुलाइ हेर्न
मौन सम्बादमा निस्किन्छन असंख्य प्रेम जोडीहरु

कस्ले बाध्न सकेको छ र यो मनमा गाठो
यादहरु अनि सपनाहरुको
आफ्नै बिबेकको क्षितिजले
त्यसैले त मलाइ कुनै गुनासो छैन
तिमी रिसाएकोमा पनि म प्रती
अनेक गुनासाहरु पोखेर

म भने बेला बेला रनभुल्लमा पर्छु
यी गुनासाहरुको चाङ देखेर
कतै अविश्वास बोकेका त कतै समयको आधार बोकेका
कतै बालापनको बेहोसी बोकेका
त कतै आग्रहको आलाप बोकेका
कतै बेहोसी बोकेका त कतै जिम्मेवारीको बोध बोकेका
कतै प्रतिभावान भ्रमरहरुको प्रतिक्षा बोकेका
त कतै अमृतपानको आशंकाका उब्जिएका
२२ औ शताब्दीका रोमियो र जुलियटका कथाहरुमा
यति गुनासाहरुबिच पनि
मलाइ तिमी प्रती कुनै गुनासो छैन


No comments:

Post a Comment