Friday, 24 February 2017

मेरो प्रेमकथा

"म त लालिगुराँस भएछु
   मनै भरी फुली दिन्छु मनै भरी फुली दिन्छु "

सायद तिमिले हेर्यौ हेरेनौ मैले option राखेन सोचे तिमीले अवश्य हेर्यौ अनि त्यही बहानामा बारम्बार हेरिरहे तिमीलाइ ।स्पर्श गरिरहे बारम्बार तिम्रो नयनहरुलाइ , हावालाइ आफ्नो आवाज मात्रै पठाएर किन नहोस तिम्रो उत्तर प्रतिउत्तर केही नसुनी बारम्बार बोलिरहे तिमी सङै । सायदै येस्तो भएको थियो मलाइ यो भन्दा पहिले । न म तिम्रो आखामा आँखा जुधाएर तिम्रो आखाको मादकता मा हराए न तिम्रो सुन्दर चेहरा भित्र आफुलाइ रोक्न सके तिमी आयौ कति ढिलो अन्नि कति चाडै मेरो मनको डेरामा घरजम गरेर बस्न सफल भयौ । तिमी त दिल चोर रहेछौ,मेरो मनको अदालतले फैसला सुनाउदै आज भन्दैछ,तिमीलाइ जन्म कैदको सजाय छ मेरो मुटु भित्र । 

एक्लै म तिमीसङ बरम्बार बोलिरहेछु फेरि बोल्न मन लाग्छ एक्लै टोलाउछु , आउछौ तिमी कल्पना बिपनामा अनि फेरि हराउन थल्छु म तिमी सङै । तिमीलाइ खोज्ने बहानामा सच्चिकै अचेल म हराउने भएको छु । यदि तिमी पनि सपनामा हराउछौ भने कुनै दिन दोबाटोमा हाम्रो भेट पक्कै हुनेछ यस्मा पनि मलाई विश्वास छ ।

हरेक सुन्दर कुराहरू पाउने आश गर्न सकिन्छ तर म त्यही आश भन्दा अलि अघि नै बढेर विश्वास गरिरहे तिमीलाई पाउने विश्वास ।तर हरेक मन परेका कुरा पाउनैपर्छ भन्ने मान्यता पनि हैन मेरो ।

जब जब हेर्छु तिमीलाइ , हैन मलाई केही नौलो आभास भएजस्तै लाग्छ बारम्बार , अनि आफै लजाउछु आफै सङ आफै डराउछु आफै सङ । न त तिम्रो सबै कुरा पहिल्याउन सकेको छु न त अरु केही नै तर पनि किन यति नजिक भएको महसुस हुदैछ म सोच्दैछु तिमी यहाँ छौ र त म छु । किन आज यस्तो अनुभुती हुदैछ म आफै पनि अच्चमित छु आफै सङ 


तिमी मेरो स्वाधीनताको डिलमा बसेर मेरै मनका तरङ्ग भित्रका स्वतन्त्रता भित्र खेल्न खोज्छौ भने , मेरै मनको सागरभित्र प्रेमको आभास खोज्छौ भने , मेरो कल्पनाको सागरमा एक पल्ट डुबेर सोच्छौ भने सायद तिमिले यी नयनलाई नयन  मात्र हैन आखाको पर्दा  भित्र लुकाएर राखेको  तिम्रो मुस्कुराइरहेको अनुहार पनि प्रष्ट देख्नेछौ । 

मेरो अस्तित्व दोबाटोमा रोकिएको छ प्रिय , स्वाभिमान र नैतिकता दोसाँधमा अडिएको छ , समाजका मूल्य र मान्यता डाडा वारि पारी छन , तैपनी म धिच्याइ रहेछु सकि नसरी यो जिन्दगीको बोझ बोकेको गाडी एकतर्फि सम्बधरुपी इन्जिनको साहायताले अनि दोहोरो आत्मियतारुपी इन्धनले र तिमीमाथीको बिस्वासको लाइसेन्स लिएर जिन्दगिको राजमार्गमा तिमी सङै यात्रा गर्ने सपना सजाउदै  छु । 

उडाउदै छु हाम्रो सम्बन्धको जेट कल्पनामै , यो माया प्रेमको सन्सारमा,बनाएर चौडा छाती,खोलेर मुटुका धमनी र शिराहरु आज बिलिन हुदैछु आफ्नै छुट्टै कल्पनाको सागरमा निश्चलता बोकेको छहरा बाट,  समयको बेग बोकेको नदिबाट , अब मिसिएर सागरमा सगरको निश्चल छहरा देखि मलाइ बुझ्नुछ मन भारी हुदा र छहरा जस्तै कल कल बग्दा कसरी सङै बग्दो रहेछ त हाम्रो माया पनि ।
To be continued .....

1 comment: