Sunday 5 March 2017

एक्लोपन र मेरो मन

स्कुलमा गणितमा सिकाए जसरी गुरुहरुले
Suppose .......=  x माने झै
ठिक मैले पनि आज
तिमी = आफ्नो मान्छे मानेर
हिसाब गर्न थाले देखि जिन्दगीको
खुसीको सिमानामा हेरेफेर भएको छ
अनिन्द्राले आफ्नो परिधी बढाएको छ
चाहानाको आकाश फैलिएको छ
स्नेहको न्यानोले
विश्वासलाई बोकेर
तिम्रै खोजीमा हिडिरहेको छ
सपनाहरुमा नयाँपन छाएको छ
एकान्तलाइ तिम्रो आगमनले झनै प्रिय बनाएको छ
ओठहरुमा मुस्कान आफै फैलिरहेको छ
आफैमा सुनौलो आभास हुदैछ
कोर्न थालेको छु
कल्पना र चाहानाका रङहरुले तिम्रो अलौकिक तस्वीर
तर यति मात्रै पनि हैन
वास्तविकता भित्र लुकेको के छ भने
तिमी सङ ब्यतित काल्पनिक निकटताले समेत
कसम मलाइ
एउटा सुखद पीडाको आभाष गराइरहन्छ
जुन पिडाको खोजीमा
आज पनि म निरन्तर तिम्रो पछि हिडिरहेछु
तिमीलाई थाहै नदिइ
एक्लै एक्लै
र सोधिरहेछु आफ्नै अन्योल मनलाइ
'प्रतीक्षा' मा 'अपेक्षा' मिसाएर
पर्खिरहेका मेरा रहरहरु
कतै बिडम्बना सङ ठोक्किएर,
स्वयम् परास्त त हुने हैनन
तर पनि म सुखद पीडाको खोजीमै छु

No comments:

Post a Comment