Tuesday 25 May 2021

खै त मानवता

परेलाले थेग्न नसकेका आसुका बाधहरु बोकेर
ध्वनिले बोल्न नसकेका अबोध आवाज बोकेर
अनि शरीरले भोग्न नसकेका बोझिला पिडाहरु बोकेर
मेरै अघाडी एउटा बालक
आफ्नो अस्तिपञ्जर लिएर
खाना भन्दै आफ्नै आमाको हातहरु बोकेर
हेरिरहेको देखिरहेछु म
म प्रार्थना गर्छु यो सबै सबै सपना मात्र होउन
किन्चित पनि यसमा
यथार्थता र वास्तबिकताको गन्ध न फैलियोस
तर सोचेर मात्र कहाँ पुग्दो रहेछ र

प्रतीक्षामा छन ती आमाका कोखहरु जसरी
प्रतीक्षा गरिहन्छिन गोमा ब्रामणी आफ्ना नवराजहरुको
तर अह आज स्वास्थानिको हैन
प्रसाद लिएर आएका छन
ट्रम्प, असद, र पुटिनहरु
बम र रासायनिक यन्त्रहरुको
जपिरहेछ श्लोक सत्ता, शक्ति र सामन्ती सोचको
अनि छरिरहेछ्न सुगन्ध बारुदको
त्यसैले त कहिल्यै नआउने गरि
हराएका छ्न ती बालकहरुका
'आमा' भन्दै निस्किने तोते बोली
जसरी हराएका छ्न हाम्रै हातबाट
उडादै गरेको चङ्गाहरु धागो चुडचुडिए पछि

बालकको आखामा लुकेको त्रास ?

होलान तिम्रा अल्लाहा होलान
ती तिमीले सजाएका मस्जिदका मुर्तिहरुमा
तिम्रा क्राइस्ट पनि होलान
ती तिमीले बनाएका चर्चका छानाहरुमा
विष्णु पनि होलान सायद
तिमीले बनाएका चौताराहरुमा
बुद्ध बसेका होलान सायद
ती तिमीले जपेका ॐ मणि पद्द्मे ॐ हरुमा
तर खोजेर हेर त ए मूर्ख मानवहरु हो
तिमीहरुले कतै ईश्वर खोज्दा खोज्दै
आफ्नै आत्मा त हराइसकेका छौनौ नि

तिमीले गरेको जय जयकार र
तिमीले बगाएको रगतको खोलामा
के तिमीलाइ बिश्वास छ तिम्रो भगवान पौडी खेल्दै

No comments:

Post a Comment